दफा ५
एकल कर प्रशासन
१) यस ऐन तथा प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि संविधानको अनुसूचीमा प्रदेश र स्थानीय तह दुबैको अधिकारसूचीमा रहेका देहायको कर देहाय बमोजिम लगाइने र उठाइनेछ :-
(क) सवारी साधन करको दर प्रदेशले लगाउने र उठाउने,
तर टाँगा, रिक्सा, अटोरिक्सा र विद्युतीय रिक्सामा सवारी साधन करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउनेछ । (ख) घर जग्गा रजिष्ट्रेशन शुल्कको दर प्रदेशले लगाउने र गाउँपालिका वा नगरपालिकाले उठाउने,
(ग) मनोरञ्जन करको दर प्रदेशले लगाउने र गाउँपालिका वा नगरपालिकाले उठाउने,
(घ) विज्ञापप करको दर गाउँपालिका वा नगरपालिकाले लगाउने र उठाउने ।
(२) उपदफा (१) को खण्ड (ख), (ग) र (घ) बमोजिमको करबाट उठेको रकममध्ये साठी प्रतिशत रकम गाउँपालिका वा नगरपालिकाले स्थानीय सञ्चित कोषमा जम्मा गरी चालीस प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गर्नु पर्नेछ ।